You are viewing the translated version of दरबन्दीको अभिलेख.

Section 19
दरबन्दीको अभिलेख
(१) दफा ३ बमोजिम कायम भएको नेपाल प्रहरी तथा प्रदेश प्रहरीको सङ्गठन संरचना र दरबन्दीको अभिलेख राष्ट्रिय किताबखानाले अद्यावधिक गरी राखेछ।
(२) दफा ११ र १६ बमोजिमको पुल दरबन्दीको विवरण राष्ट्रिय किताबखानाले अद्यावधिक गरी राख्नु पर्नेछ।
(३) यस ऐन बमोजिम प्रदेश प्रहरीमा समायोजन भएका प्रहरी कर्मचारीको विवरण, निजहरुको बढुवा तथा अवकाशको अभिलेख राष्ट्रिय किताबखानाले अद्यावधिक गरी सुरक्षित राखेछ।
(४) उपदफा (३) बमोजिम राखिएको अभिलेख सम्बन्धित प्रदेश सरकारलाई समेत उपलब्ध गराउनु पर्नेछ।